एयर इन्डिया विमान दुर्घटनामा २९० जनाको मृत्यु,मृतक संख्या अझै बढ्न सक्ने

0
Quantam abroad studies

अहमदाबाद, भारत — बिहीबार भारतको गुजरात राज्यस्थित अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा कम्तीमा २९० जनाको ज्यान गएको छ। मृतकमध्ये ४९ जना चिकित्सकहरूको होस्टेलमा बसोबास गरिरहेका थिए।

अहमदाबादबाट लन्डनका लागि उडान भरिरहेको एयर इन्डिया फ्लाइट नं. १७१ उडानको प्रारम्भिक चरणमै नियन्त्रण गुमाउँदै होस्टेल रहेको भवनमा ठोक्किएको थियो। घटनामा होस्टेल भवन पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।

sahani furniture udyog

प्रहरी तथा सञ्चार संस्था सीएनएनका अनुसार, मृतकमा विमानमा सवार यात्रुहरूका साथै जमिनमा रहेका अन्य नागरिकहरू पनि परेका छन्। एयर इन्डियाका अनुसार, विमानमा रहेका २४२ यात्रुमध्ये २४१ जनाको ज्यान गएको छ। एक जना मात्र, एक ब्रिटिश नागरिक, गम्भीर घाइते अवस्थामा जीवितै उद्धार गरिएको जनाइएको छ।

बाँकी मृतकहरू होस्टेलमा रहेका र जमिनमा रहेका अन्य व्यक्तिहरू हुन्। घटनास्थलमा उद्धार तथा राहत कार्य जारी रहेको र मृतक संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्।

उक्त दुर्घटना अहमदाबादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको हो। विमान टेक–अफका क्रममा अचानक समस्यामा परेको र सिधै होस्टेल भवनमा ठोक्किएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.