महाकाली पुल बन्द, नेपाल–भारत आवागमन अवरुद्ध

0
Quantam abroad studies

दार्चुला, असार २ – भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुल बन्द गरेको छ। यसले दार्चुला सदरमुकाम र भारतको धारचुलाबीचको आवागमन अवरुद्ध भएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, भारत धारचुलामा भएको हत्या प्रकरणमा संलग्न दुई व्यक्ति नेपाल भागेको आशंका गर्दै पुल बन्द गरिएको हो। भारतीय नागरिकहरुले हत्यामा संलग्नलाई पक्राउ गर्न दबाब दिन प्रदर्शन गरेका छन्।

जुन ७ मा धारचुलाका कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको थियो। सो घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयले नेपाल–भारत सीमा पुल बन्द गरेका हुन्।

sahani furniture udyog

भारतीय अधिकारीहरूसँग पुल खोल्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। आज बिहान ११ बजेदेखि बन्द गरिएको पुल दिउँसो केहीबेर खुले पनि पुनः बन्द गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.