कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

0
Quantam abroad studies

कपिलवस्तु, असार २ – लुम्बिनी प्रदेशको चौथो जिल्लाको रूपमा कपिलवस्तुले पूर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा गरेको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले तौलिहवा स्थित बालगृह सभा हलमा औपचारिक कार्यक्रमकाबीच यो घोषणा गर्नुभएको हो।

घोषणा अनुसार, १६ देखि २३ महिनाका सबै बालबालिकामा १३ प्रकारका खोपको पहुँच सुनिश्चित गरिएको छ। खोप अभियानको सफलतासँगै कपिलवस्तुले पूर्ण खोप सुनिश्चितता हासिल गरेको हो। यसअघि नवलपरासी, रोल्पा, र रुपन्देही जिल्लाहरूले पूर्ण खोप सुनिश्चितताको घोषणा गरिसकेका थिए।

कार्यक्रममा मन्त्री सारुले स्वास्थ्यको आधारभूत सेवाको रूपमा खोपको महत्वलाई औंल्याउँदै यसलाई बालबालिकाको दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि मील पत्थरको रूपमा वर्णन गर्नुभयो। कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

sahani furniture udyog

कपिलवस्तुका स्वास्थ्य कार्यालय प्रमुखका अनुसार, यस उपलब्धिलाई सुनिश्चित गर्न घरदैलो कार्यक्रम, समुदायस्तरमा सचेतना अभियान, र स्वास्थ्य संस्थाहरूबाट निरन्तर निगरानी गरिएका थिए।

यस घोषणाले लुम्बिनी प्रदेशका अन्य जिल्लाहरूलाई पनि पूर्ण खोप सुनिश्चितताको अभियानमा प्रोत्साहित गर्ने विश्वास गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.