लुकाई राखेको २३ लाख बराबरको लत्ताकपडा बरामद

0
Quantam abroad studies

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–६ रेशमकोठीबाट असार १ गते लुकाई छिपाई राखेको करीब २२ लाख ७१ हजार रुपियाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।

सोही ठाउँको एक घरमा भारतबाट अवैधरुपले ल्याएर लुकाई छिपाई गोदाममा राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र भन्सार कार्यालयको संयुक्त टोलीले आइतबार साँझ छापा मारेको थियो । सो क्रमामा ठूलो मात्रामा फेन्सी कपडा बरामद भएको हो ।

sahani furniture udyog

बरामद लत्ताकपडा आवश्यक कारबाहीका लागि सोमबार  वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जानकारी सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो । 

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.