बाणगंगा नगरपालिकाले १ अर्ब ७६ करोडको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक

0
Quantam abroad studies

कपिलवस्तु — बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकता दिँदै करिब १ अर्ब ७६ करोड ८० लाख रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगरप्रमुख चक्रपाणी अर्यालले विहीबार सम्पन्न १७औं नगरसभाको पहिलो बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै “ब्राण्ड बाणगंगा, बिलिभ बाणगंगा” अवधारणालाई आत्मसात गर्दै समावेशी र सहभागितामूलक कार्यक्रम अघि बढाइने बताए।

कार्यक्रममा बाल स्वास्थ्य र पोषणमा निरन्तरता दिँदै सबै स्वास्थ्य संस्थालाई ‘पोषणमैत्री’ घोषणा गरिने उल्लेख छ। ५ वर्षमुनिका बालबालिकाको पोषण परीक्षण, जंक फूड नियन्त्रण, किशोरीहरूलाई आइरन चक्की वितरण, रक्तअल्पता परीक्षण तथा उपचार कार्यक्रमलाई निरन्तरता दिइनेछ।

पिपरा अस्पतालमा स्त्रीरोग, हाडजोर्नी, आँखा, मानसिक, नाक-कान-घाँटी र जनरल फिजिसियन सेवा विस्तारका लागि भौतिक संरचना र उपकरण खरीदका कार्यक्रम अघि बढाइने छ।

sahani furniture udyog

खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्न ‘एक वडा, एक खेलमैदान’ र ‘एक खेलविद्या, एक मैदान’ नीति ल्याइएको छ।

नगरप्रमुख अर्यालका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १ अर्ब २८ करोड ५ लाख रुपैयाँ बजेटमध्ये ८० प्रतिशत निकासा भइसकेको छ भने आन्तरिक राजस्व संकलन ८५ प्रतिशतभन्दा बढी प्रगति पुगेको छ।

नगरसभाले आर्थिक विधेयक २०८२, योजना संशोधन प्रस्ताव र नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.