आजदेखि मनसुन देशभर फैलियाे,अब देशभर नियमित रूपमा वर्षा हुने

0
Quantam abroad studies

काठमाण्डौ – असार ६ गतेदेखि देशभर मनसुन फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज मनसुन आगमन बुलेटिन–३ जारी गर्दै मनसुन प्रणाली सम्पूर्ण मुलुकमा विस्तार भएको पुष्टि गरेको हो।

बुलेटिनअनुसार, “यस वर्षको मनसुन प्रणाली आज मिति २०८२/०३/०६ (२०२५ जुन २०) गते देशभर फैलिएको छ।”

यसअघि मनसुन जेठ १५ गते (मे २९) कोसी प्रदेश हुँदै नेपाल प्रवेश गरेको थियो। त्यसपछि क्रमशः मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही भागमा विस्तार भएको थियो।

sahani furniture udyog

सामान्यतया मनसुन जुन १३ तारिखतिर नेपाल भित्रने र एक साताभित्र फैलिने गर्छ। तर यस वर्ष औसत मितिभन्दा १५ दिन चाँडै प्रवेश गरे पनि देशभर फैलिन २३ दिन लागेको हो।

मौसमविद्हरूका अनुसार अब देशभर नियमित रूपमा वर्षा हुने सम्भावना छ, जसले कृषिकार्यमा गति ल्याउने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.