ब्राउन सुगरसहित दुई जना पक्राउ

0
Quantam abroad studies

बर्दिया — बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। बुधबार साँझ ७ बजे पक्राउ परेका व्यक्तिहरू बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका ३५ वर्षीय मानबहादुर सुनार र २५ वर्षीय नरेश आचार्य हुन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनीहरूको साथबाट २ ग्राम ब्राउन सुगर फेला परेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog

दुबै जनालाई जिल्ला अदालत बर्दियाबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको छ। अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालको नेतृत्वमा अनुसन्धान अघि बढाइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.