मोरङको उखुबारीबाट ८ सय किलोभन्दा बढी गाजा बरामद

0
Quantam abroad studies

मोरङ — मोरङको धनपालथान गाउँपालिकामा लुकाइ राखिएको ठूलो मात्रामा गाजा प्रहरीले बरामद गरेको छ। प्रहरीले ८ सय २ किलोग्राम गाजा बरामद गरी अनुसन्धान अघि बढाएको छ।

इलाका प्रहरी कार्यालय रंगेली, गडेरिया र अमाहीवरियाति प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार राति धनपालथान–१ स्थित उखुबारीमा लुकाइएको गाजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २६ वटा बोरामा प्याक गरिएको अवस्थामा उक्त गाजा खेतमा लुकाएर राखिएको थियो। प्रहरीको प्रारम्भिक अनुमानमा भारततर्फ तस्करी गर्नका लागि गाजा त्यहाँ लुकाइएको हुन सक्ने देखिएको छ।

बरामद गरिएको गाजा हाल इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog

सुराकीका आधारमा परिचालित संयुक्त टोलीको सक्रियतामा गरिएको यो कारवाहीलाई ठूलो सफलता मानिएको छ। प्रहरीले गाजा तस्करीमा संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारेको छ।

Do you like this personality?

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.