घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ता बालुवाटारमा

0
Quantam abroad studies

काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा तानिएका छन्। झापाबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ।

छ महिनाअघिको अडियो सार्वजनिक भएपछि गुप्ता विवादमा आएका हुन्। अडियोमा घुस लेनदेनको कुराकानी सुनिन्छ, जुन पुस महिनाको घटनासँग जोडिएको छ। यद्यपि, अडियो हालै मात्र सार्वजनिक भएको हो।

यो विषय संघीय संसदमा समेत प्रवेश गरिसकेको छ। प्रधानमन्त्री ओलीले गुप्ताको भूमिकाबारे छानबिन गर्दै आवश्यक ‘एक्सन’ को तयारी थालेका छन्।

sahani furniture udyog

मन्त्री गुप्ताले भने आफू पार्टीको निर्देशनमा छानबिनमा सघाउने बताएका छन्। “पार्टीले भनेमा म तयार छु,” उनले भनेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अडियो, घुसको रकम र डायरीसहित प्रमाण बुझाइएको छ। उजुरी परेपछि मात्र अडियो सार्वजनिक गरिएको जनाइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.