निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशका लागि अपरिहार्यः मन्त्री पाण्डे

0
Quantam abroad studies

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको सूचीमा राखिनुपर्ने बताएका छन्।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय मातहतका राष्ट्रिय गौरव आयोजनाबारे गरेको छलफलमा मन्त्री पाण्डेले, मन्त्रालयसँग पाँच राष्ट्रिय गौरव आयोजना भए पनि यी दुई विमानस्थल निर्माण सम्पन्न भइसकेकाले अब ‘आयोजना’ नभई ‘संरचना’का रुपमा सूचीकृत गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “देशले यी विमानस्थललाई राष्ट्रिय गौरवका संरचना मानेर त्यसबाट प्रत्यक्ष फाइदा लिनुपर्ने बेला आएको छ।” निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजना बनाए पनि यसको निर्माण प्रक्रिया अझै अन्योलमा रहेको उनले बताए।

sahani furniture udyog

मन्त्री पाण्डेका अनुसार निजगढ विमानस्थल नेपालको लागि अपरिहार्य भएकाले यसको निर्माण र सञ्चालनको स्पष्ट मोडालिटी बनाएर अघि बढाउनुपर्ने हुन्छ। भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा समस्या आउनु केवल हवाई मार्ग रुटको कारण मात्र नभई सरकारका विभिन्न निकायले तोकिएको कार्ययोजना समयमै लागू नगरेको कारण पनि भएको उनको भनाइ छ।

नेपाल एयरलाइन्सबारे पनि मन्त्री पाण्डेले सबै जहाज अहिले सञ्चालनमा रहेको जानकारी दिँदै थप जहाज भित्र्याउने विषयमा छलफल भइरहेको बताए। साथै, पशुपति र लुम्बिनी गुरु योजनाअनुसारका कामलाई सरकारले प्राथमिकता दिई अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.