‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान सुरू गर्दै हिमानी कोष

0
Quantam abroad studies

काठमाडौं ।
देश छोडेर विदेशिने प्रवृत्तिलाई रोक्दै युवालाई स्वदेशमै उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले हिमानी कोषले ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम ल्याउने भएको छ। इन्टरनेशनल क्लबको सहकार्यमा आयोजना हुने यो कार्यक्रम आउँदो शनिबार (साउन १७ गते) सानेपास्थित इन्टरनेशनल क्लबमा हुनेछ।

स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नारासहित सुरु हुन लागेको कार्यक्रमबारे कोषकी सदस्य–सचिव शुभेच्छा शाहले विज्ञप्ति जारी गर्दै मातृभूमिप्रति दायित्वबोध गर्ने र नेपालमै केही गर्न चाहने युवाका लागि अवसर सिर्जना गर्नु मुख्य उद्देश्य रहेको बताएकी छन्।

नयाँ उद्यमीलाई लघु-बीज घुम्ती कोष

यस कार्यक्रमको विशेष आकर्षणको रूपमा कोषले ‘माइक्रो–सिडिङ रिभल्भिङ फन्ड’ स्थापना गर्ने तयारी गरेको छ। यसमार्फत नयाँ उद्यमीलाई व्यवसाय सुरु गर्न आवश्यक प्रारम्भिक पुँजी उपलब्ध गराइनेछ।

sahani furniture udyog

स्थापित उद्योगी–व्यवसायीसँग प्रत्यक्ष भेट

कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित उद्योगी–व्यवसायीहरूको सहभागिता रहनेछ भने युवाहरूलाई सल्लाह, सुझाव र नेटवर्किङको अवसर दिलाइनेछ। सहभागीहरूको लागि व्यावसायिक स्टलदेखि मनोरञ्जनात्मक खेलहरू समेत रहने कोषले जनाएको छ।

पूर्वराजपरिवारको उपस्थिति

कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह, कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहसहित पूर्वराजपरिवारका अन्य सदस्यहरूको समेत सहभागिता रहनेछ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.