मधेशसहित तराई क्षेत्रमा भएको वर्षाले किसानलाई ठुलाे राहत

0
Quantam abroad studies

लामो समयदेखि वर्षाको पर्खाइमा रहेका मधेशका किसानले गएराति परेको पानीपछि केही राहतको सास फेरेका छन्।

साउन महिनाको मध्यसम्म आइपुग्दा समेत रोपाइँको अवस्था अत्यन्तै कमजोर रहँदै आएको मधेशका खेतबारीमा गएरातिको हल्कादेखि मध्यम पानी परेपछि चिरा परेको जमिनमा चिस्यान बढेको छ। महोत्तरी का किसान भन्छन्, “अबचाहिँ रोपो मर्दैन जस्तो लाग्छ। खेतको चिरा पुरियो, रोपेको धान पनि बाँच्ने आश पलायो।”

सिंचाइका लागि इनार, बोरिङ्ग र पम्पसेटमा भर परेका किसानहरूको मुख्य चिन्ता पानीकै अभाव थियो। खेत पहेँलिएर धान सुक्दै गर्दा आएको पानीले रोपिएको धानलाई फेरि हरियाली फर्काउने संकेत दिएको छ।

, “खेत हिल्याउनेजति पानी त भएन, तर जमिनको प्यास भने मेटायो। रोपो हरियो हुन थालेको छ।”

sahani furniture udyog

पछिल्लो वर्षाले नयाँ रोपाइँको सम्भावना त तत्काल खुलाएको छैन, तर पहिले रोपिएको धानलाई चाहिँ बचाउने सम्भावना बलियो बनाएको छ।

यसपालि असारभरि सुक्खा परेपछि मधेशका अधिकांश जिल्लामा धान रोपाइँ प्रभावित भएको छ। महोत्तरी, धनुषा, सर्लाही, रौतहटलगायत जिल्लामा पर्याप्त पानी नपरेका कारण खेत बाँझै छन्। खानेपानीको समेत हाहाकार भएकाले कृषकको दैनिकी थप कष्टकर बन्दै गएको छ।

कृषकहरू अहिले पनि भन्छन्, “अब केही दिन झन् पानी परे खेतीले गती लिन्छ।”

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.