काश्मीरको किष्टवारमा बादल फाट्दा बाढी, ३४ को मृत्यु

0
Quantam abroad studies

भारतीय प्रशासनअन्तर्गतको काश्मीरको किष्टवार जिल्लामा बिहीबार बिहान बादल फाटेर आएको भीषण बाढीले कम्तीमा ३४ जनाको ज्यान लिएको छ । ३५ जना घाइतेको उद्धार गरिएको छ भने अझै केही बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ।

अत्यधिक वर्षापछि आएको बाढीले घर, सडक र खेतबारी सबै तहसनहस पारेको छ। निरन्तर वर्षाका कारण बाटोहरू अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भएको किष्टवारका जिल्ला आयुक्त पंकज कुमार शर्माले बताए। घटनास्थल राजधानी श्रीनगरबाट करिब २०० किलोमिटर टाढा भएकाले राहत टोली समयमै पुग्न पनि चुनौतीपूर्ण बनेको छ।

sahani furniture udyog

मुख्यमन्त्री ओमर अब्दुल्लाह र प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जलि र पीडितप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

विशेषज्ञहरूका अनुसार, मनसुनमा हुने यस्ता विपद् जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण पछिल्ला वर्षमा झन् गम्भीर बन्दै गएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.