टिकटकमा हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने इरसाद खान पक्राउ

0
Quantam abroad studies

जनकपुर — सामाजिक सञ्जाल टिकटकमार्फत हिन्दु धर्मावलम्बीलाई अपमानजनक शब्द प्रयोग गर्दै धम्की दिने भिडियो बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–५ का २३ वर्षीय इरसाद खानलाई बिहीबार पक्राउ गरेको जनाएको छ। उनी समिम खानका छोरा हुन्।

प्रहरीका अनुसार खानले ‘गुण्डा’ नामक टिकटक आईडीमार्फत लगातार हिन्दु समुदायलाई लक्षित गर्दै गाली–गलौज र ज्यान मार्ने धम्की दिने भिडियोहरू सार्वजनिक गर्दै आएका थिए। विदेशमा बस्दा पनि उनले यस्तै प्रकारका गैरसामाजिक वक्तव्य र गतिविधि गर्ने गरेका थिए।

sahani furniture udyog

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुण बहादुर सिंहका भनाइअनुसार खानलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.