‘नयाँ र युगान्तकारी’ काम गर्न प्रधानमन्त्री ओलीकाे निर्देशन

0
Quantam abroad studies

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा मन्त्री र सचिवहरूलाई ‘नयाँ र युगान्तकारी’ काम गर्न निर्देश गरेका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा उनले मुलुकको उत्पादकत्व वृद्धि गर्दै गरिबीको दुष्चक्र तोड्ने लक्ष्यसहित तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले आगामी मङ्सिरभित्र दैलेखमा मिथेन ग्यासको परीक्षण उत्पादन सुरु गर्न, किसानलाई व्यावसायिक भैंसी पालनतर्फ प्रवर्द्धन गर्दै चीनमा निर्यात गर्ने लक्ष्य राख्न, कृषि क्षेत्रमा अर्गानिक अभियान सञ्चालन गर्न र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन निर्देशन दिए। साथै, ज्येष्ठ नागरिक संवाद भवन निर्माण, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न, कीर्तिपुर क्रिकेट रङ्गशालाको छिटो निर्माण र भक्तपुरमा ठुलो रङ्गशाला निर्माणको तयारी अघि बढाउन सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराए।

त्यसैगरी, अन्तरिक्षमा नेपालको आफ्नै अर्बिट प्रयोग, राष्ट्रिय रेल र सेक्युरिटी प्रेस सञ्चालन, रेलवे विस्तार, सुनकोसी–मरिन, भेरी–बबई, काठमाडौँ–तराई मधेस द्रुत मार्गजस्ता ठूला पूर्वाधार परियोजनाको कार्य तीव्र पार्ने, योग तथा आरोग्यता अभियान सञ्चालन गर्ने र मापदण्डका आधारमा कर्मचारी सरुवा गर्ने विषयमा पनि उनले निर्देशन दिएका छन्।

sahani furniture udyog

‘यी प्रतिनिधिमूलक कुरा मात्र हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक मन्त्रालयले आफ्नो क्षेत्रमा मौलिक र परिवर्तनकारी योजना तयार पारोस्, भदौको अन्त्यतिर पुनः बसेर ती योजना तय गरी अघि बढौँ। साँच्चै मैलस्टोन बन्ने काम गरौँ।’

कार्यक्रममा चालु आर्थिक वर्षमा सम्पन्न गरिनुपर्ने मुख्य गतिविधि र अपेक्षित उपलब्धि सम्बन्धी कार्यसम्पादन सम्झौता प्रधानमन्त्री र मन्त्रीहरूबीच हस्ताक्षर भएको थियो। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यअनुसार पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधार ल्याउन कार्यसम्पादन सम्झौताप्रणाली प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै सुरु गरिएको हो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.