भैरहवा विमानस्थल नजिक देखियाे विश्वकै खतरनाक र विषालु सर्प

0
Quantam abroad studies

रूपन्देही — भैरहवामा विश्वकै अत्यन्त खतरनाक र विषालु सर्पमध्ये एक, रसेल्स भाइपर, फेला परेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक देखिएको उक्त सर्पलाई स्थानीयले सर्प उद्धारकर्ता लाई खबर गरेका थिए।

उद्धार टोलीले सर्पलाई सुरक्षित रूपमा मानव बस्तीबाट टाढा लगेर छाडेको जानकारी दिए। उनका अनुसार रसेल्स भाइपर विषालु सर्पमध्ये सातौँ स्थानमा पर्छ र यसको विष हेमोटोक्सिनमा प्रत्यक्ष असर गर्ने प्रकारको हुन्छ। यसले रगतको गडबडी, आन्तरिक रक्तस्राव र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

यस सर्पको शरीरमा खैरोदेखि पहेँलो–खैरो पृष्ठभूमिमा ठूला गोलाकार वा अण्डाकार गाढा खैरो–कालो दाग हुन्छन्, जसको किनार सेतो वा फिका पहेँलो रेखाले घेरिएको हुन्छ। यस्तो आकृतिका कारण धेरैजना यसलाई अजिङ्गरसँग भ्रममा पार्ने गरेको पौडेल बताउँछन्।

sahani furniture udyog

नेपालमा यो प्रजाति मुख्यत: तराईका तातो र सुख्खा क्षेत्रमा पाइन्छ। रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर यसको प्रमुख बासस्थान हुन्। नेपालबाहिर भने भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र दक्षिण–पूर्वी एसियाका केही भागमा समेत यसको उपस्थिति छ। यसको नाम ब्रिटिश प्राणी विज्ञ प्याट्रिक रसेलको नाममा राखिएको हो।

रसेल्स भाइपर प्रायः धानका खेत, घाँसे मैदान, झाडी वरिपरि र घर वरिपरिको खुला ठाउँमा विशेष गरी बेलुकी वा राति देखिने भएकाले उद्धारकर्ताहरूले सो समयमा सावधानी अपनाउन सल्लाह दिएका छन्।

पाण्डे र पौडेलका अनुसार यस वर्ष मात्रै रुपन्देहीमा एउटै घरबाट २३ विषालु गोमनसहित तीन सयभन्दा बढी सर्प उद्धार गरी सुरक्षित स्थानमा छाडिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.