ओली, किम र पुटिन चिनियाँ सैन्य परेडमा एकसाथ देखिने

0
Quantam abroad studies

काठमाडौं – जापानी आक्रमणविरुद्ध प्राप्त सफलताको ८०औँ वार्षिकोत्सवको अवसरमा चीनले पहिलोपटक सैन्य परेडमार्फत् आफ्नो शक्ति देखाउने तयारी गरेको छ । आगामी भदौ १८ गते बेइजिङमा हुने समारोहमा विश्वका विभिन्न राष्ट्रका शीर्ष नेताहरूको उपस्थिति रहनेछ ।

बीबीसीका अनुसार परेडमा चीनले सैयौँ विमान, अत्याधुनिक ट्याङ्क र एन्टी–ड्रोन प्रणालीसहित नवीनतम हतियारहरू प्रदर्शन गर्नेछ । यसअघि चीनले यस्तो सैन्य प्रदर्शन औपचारिक विजय दिवस समारोहमा गरेको इतिहास छैन ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि चीनले विशेष अतिथिको रूपमा आमन्त्रण गरेको छ । ओली आगामी भदौ १६ देखि तिआन्जिनमा हुने शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रमसहित चीन प्रस्थान गर्नेछन् । त्यसै क्रममा उनी विजय दिवसको परेडमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

sahani furniture udyog

समारोहमा उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ देशका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

सन् १९३०–४० को दशकमा जापानको शाही सरकारसँग भएको लामो युद्धमा लाखौँ चिनियाँ नागरिकले ज्यान गुमाएका थिए । जर्मनीको पोल्याण्ड आक्रमण (१९३९) र जापानको पर्ल हार्बर आक्रमण (१९४१) पछि द्वन्द्व विश्वयुद्धमा परिणत भएको थियो ।

युद्धकालीन प्रतिरोधलाई चीनले विगतमा विभिन्न स्मरणीय कार्यक्रममार्फत् चिरस्थायी बनाउँदै आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले यसपटकको परेडलाई “चीन कहिल्यै घुँडा नटेक्ने” संकल्पको पुनः अभिव्यक्ति भएको बताएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.