सुनको भाउमा नयाँ रेकर्ड : तोलाको २ लाख १० हजार नाघ्यो

0
Quantam abroad studies

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। एकै दिन तोलामा २ हजार ५ सय रुपैयाँले बढेर सुनको भाउ २ लाख १० हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबारसम्म एक तोला सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ रहेको चाँदी शुक्रबार २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको छ।

sahani furniture udyog

विशेषज्ञका अनुसार अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ब्याजदर घटाउने सम्भावनाले सुनप्रति आकर्षण बढाएको हो। त्यस्तै, अमेरिकी डलरको मजबुतीका कारण भारु र नेपाली रुपैयाँ कमजोर भएपछि समेत सुनको मूल्यमा थप उछाल आएको हो।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० देशमा भन्सार शुल्क बढाउने नीतिले विश्व आपूर्ति शृंखला र मूल्य सञ्जालमा असर पार्दै लगानीकर्तालाई सुनतर्फ आकर्षित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.