सरकारबाट सकारात्मक कार्यको अपेक्षा गर्नु ‘गोरुबाट दूध पाउने आशा’ जस्तै : अध्यक्ष साह

0
Quantam abroad studies

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी र आपत्तिजनक भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले संविधानले सुनिश्चित गरेको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार र संगठित हुने अधिकारको उल्लङ्घन गरेको आरोप साहले लगाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भने, “२१औँ शताब्दीको सूचना प्रविधिको युगमा सरकारको यस्तो कदमलाई जति निन्दा गरे पनि कम हुन्छ। यो निर्णयले लोकतान्त्रिक मूल्य र संविधानको मूल मर्म नै हनन गरेको छ।”

sahani furniture udyog

साहले नेपाली कांग्रेस र नेकपा एमालेबीचको हालको गठबन्धनलाई ‘अप्रजातान्त्रिक, अप्राकृतिक र अनैतिक’ अभिव्यक्त गर्दै यस्तो सरकारबाट सकारात्मक कार्यको अपेक्षा गर्नु ‘गोरुबाट दूध पाउने आशा’ जस्तै भएको टिप्पणी गरेका छन्।

उनले अपवित्र गठबन्धनलाई अस्वीकार गर्दै लोकतान्त्रिक अधिकारको पक्षमा एकताबद्ध आवाज उठाउन सबैलाई आह्वान गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.