भोलि भ्रष्टाचारविरुद्ध जेन जी पुस्ताकाे विशाल प्रदर्शनको तयारी

0
Quantam abroad studies

भ्रष्टाचार अन्त्यको माग गर्दै जेन जी पुस्ताले भोलि भदौ २३ गते काठमाडौंमा विशाल प्रदर्शनको तयारी गर्ने घोषणा गरेको छ । 

विभिन्न सामाजिक अभियान्ताहरुले भोलि अर्थात सेप्टेम्बर ८ लाई विशेष दिनको रुपमा मानेर जेन जी पुस्ताले उक्त प्रदर्शन गर्न लागेको हो । 

प्रदर्शनका लागि सामाजिक सञ्जालहरु फेसबुक, टिकटक आदिमार्फत गरिएको व्यापाक प्रचार प्रसार गर्दै जेन जी पुस्ताहरु सहभागी भोलि सरकारका विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् । 

सामाजिक सञ्जालमा भ्रष्टाचार विरुद्ध, सुशासन स्थापना गर्न र भोलिको नयाँ नेपालको लागि सडकमा आउन बाध्य भएको भन्दै जेन जी पुस्ता (सन् १९९७ पछि जन्मिएका युवा पुस्ता) हरुले व्यापक रुपमा अभियान चलाइरहेका छन् ।

sahani furniture udyog

भोलि अर्थात भदौं २३ गते राजधानी काठमाडौंको माइतीघर मण्डला, नयाँ बानेश्वरमा प्रदर्शन गर्ने सामाजिक सञ्जालमा चलाइएको अभियानमा उल्लेख छ ।

भोलि विहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रदर्शन गर्ने समेत उल्लेख गरिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.