कपिलवस्तुमा विभिन्न कार्यक्रम गरी निजामति सेवा दिवस मनाइयो

0
Quantam abroad studies

कपिलवस्तु — निजामति सेवा दिवसको अवसरमा कपिलवस्तुको तौलिहवामा विभिन्न कार्यक्रमहरू आयोजना गरी दिवस मनाइएको छ। जस्मा वृक्षारोपण पनी गरिएको छ।
कपिलवस्तु नगरपालिका, डिभिजन वन कार्यालय कपिलवस्तु र निजामति सेवा दिवस मूल समारोह समितिको सहकार्यमा आयोजित कार्यक्रममा बुद्धपद उच्च माविबाट नयाँटोल–बहादुरगंज चौराहासम्मको सडकको दायाँ–बायाँ वृक्षारोपण गरिएको हो।

उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले संयुक्त रूपमा बेगमबेलिया फूलको बिरुवा रोप्दै वृक्षारोपण अभियानको शुभारम्भ गरेका थिए। उक्त कार्यक्रममा करिब ५ सय बेगमबेलियाका बिरुवासहित कलकी लगायतका अन्य प्रजातिका सयौँ फूलका बिरुवा लगाइएको आयोजकहरूले जनाएका छन्।

मेयर पौडेलले ऐतिहासिक बुद्धनगरीलाई स्वच्छ, हराभरा र आकर्षक बनाउन वृक्षारोपण अभियानलाई निरन्तर अघि बढाइने उल्लेख गर्दै कर्मचारी, स्थानीयवासी र विद्यार्थीको सक्रिय सहभागिता अपरिहार्य हुने बताए।
त्यस्तै, प्रजिअ तामाङले बुद्धनगरीलाई सुन्दर र दिगो बनाउन दिवसकै अवसरमा गरिएको वृक्षारोपण दीर्घकालीन वातावरण संरक्षणतर्फको सन्देश भएको बताए।

sahani furniture udyog

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका कर्मचारी, विद्यार्थी, सामाजिक अभियन्ता र स्थानीय बासिन्दाको सहभागिता थियो। सहभागीहरूले सामूहिक रूपमा बिरुवा रोपेर ऐतिहासिक बुद्धनगरीलाई हराभरा बनाउन योगदान गर्ने प्रतिबद्धता जनाए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.