भोलि हुने प्रदर्शनलाई बालेन शाहकाे समर्थन

0
Quantam abroad studies

काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भोलि हुने भनिएको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले समर्थन जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू प्रत्यक्ष सहभागी हुन नसके पनि प्रदर्शनको उद्देश्य र मागलाई महत्व दिने बताएका छन्।

बालेनले फेसबुकमा लेखेका छन्, “भोलिको र्‍याली स्पष्ट रूपमा Zen G को स्वस्फूर्त आन्दोलन हो। उनीहरू २८ वर्षमुनिका युवापुस्ता हुन्, जसका लागि म पनि अब बुढो देखिन्छु। उनीहरूको सोच, इच्छा र उद्देश्य बुझ्न मलाई चाहना छ। भोलि हुने यो र्‍यालीमा कुनै पनि पार्टी, नेता, सांसद वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न अग्रसर नहुनुहोस्। उमेर हदका कारण म जान सक्दिन, तर उनीहरूको पक्षमा मेरो भरपूर समर्थन छ।”

sahani furniture udyog

उनले यो आन्दोलनलाई राजनीतिक हस्तक्षेपविनाको शुद्ध जनआवाजका रूपमा बुझ्न आग्रह पनि गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.