‘अत्यधिक बल’ प्रयोग गरेको राष्ट्रिय मानव अधिकार आयोगकाे औपचारिक प्रतिक्रिया

0
Quantam abroad studies

काठमाडौं । जेन–जी आन्दोलन हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गरेको बल प्रयोगबारे राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक प्रतिक्रिया दिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै आयोगले तोडफोड र आगजनीपछि सुरक्षाकर्मीले ‘अत्यधिक बल’ प्रयोग गरेको स्वीकार गरेको छ तर घटनालाई ‘दुःखद’ मात्र उल्लेख गरेर सीमित प्रतिक्रिया दिएको छ ।

आयोगले आन्दोलन सुरु हुनु अघि नै सरकारलाई सुरक्षा तयारी गर्न र अत्यधिक बल प्रयोग नगर्न सिफारिस गरेको बताएको छ । तर जनधनको ठूलो क्षति भइसकेपछि मात्र विज्ञप्ति निकालिएको भन्दै आयोगको मौनतामाथि प्रश्न उठेका छन् । प्रदर्शनको दिनभर आयोगका अध्यक्ष तपबहादुर मगर भाषा आयोगको गोष्ठीमा व्यस्त रहेकाले घटनाको तत्कालीन अनुगमन नहुँदा आलोचना थपिएको हो ।

मानव अधिकार आयोगका वर्तमान पदाधिकारीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमै नियुक्त भएकाले सरकारले गरेका मानव अधिकार उल्लंघनका घटनामा आयोग मौन बस्ने गरेको आरोप दोहोरिँदै आएको छ । राजधानीमा मात्रै १६ जनाको ज्यान जाने गरी बल प्रयोग भए पनि आयोगको वक्तव्य तुलनात्मक रूपमा सरकारप्रति सौम्य देखिएको छ ।

sahani furniture udyog

आयोगका अनुसार संसद भवन प्रवेश गर्न खोज्ने क्रममा प्रहरीसँग प्रदर्शनकारीको झडप हुँदा लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोलीसमेत चलाइएका थिए । मृतकमध्ये धेरैजना टाउको र छातीमा गोली लागेका छन् तर आयोगले यसबारे स्पष्ट टिप्पणी गरेको छैन । आयोगको अनुगमन टोलीमाथि समेत आक्रमण भएको दाबी गर्दै आयोगले घटनाको निष्पक्ष र सूक्ष्म अनुसन्धान गर्न तथा दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यससँगै आयोगले प्रदर्शनलाई संयमित र शान्तिपूर्ण बनाउन प्रदर्शनकारीलाई पनि आग्रह गरेको छ । तर जनधनको क्षति रोक्न ढिलो प्रतिक्रिया दिएको भन्दै आयोगको भूमिकामाथि व्यापक आलोचना भइरहेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.