
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँका लागि असोज १ गतेदेखि १० गतेसम्म सुकिला नोट वितरण सुरु गरेको छ। यसअघि राजनीतिक सङ्क्रमणका कारण अन्योल देखिए पनि तोकिएको समयमै नोट वितरण हुने भएको हो।
थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नोट सटही गर्न सकिनेछ। साथै, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि सुकिला नोट पाइनेछ।

यस वर्ष पाँच रुपैयाँ दरको नोट नयाँ रूपमा वितरण गरिनेछ भने बाँकी दरका नोट सुकिला नोटमार्फत उपलब्ध गराइनेछ। राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्दा वार्षिक करिब १ अर्ब ३० करोड रुपैयाँ बचत हुने अनुमान गरेको छ।
