जेनजी आन्दोलनमा मृतक संख्या ५५ पुग्यो

0
Quantam abroad studies

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको निधन भएपछि मृतकको संख्या बढेर ५५ पुगेको छ। नेपाल प्रहरीका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनमा सहभागी जेनजी युवा, प्रहरी, कैदी तथा सर्वसाधारण गरी विभिन्न समूहका व्यक्तिहरूको ज्यान गएको हो।

प्रहरीले दिएको विवरणअनुसार मृतकमध्ये २१ जना जेनजी युवा, नौ जना कैदी, तीन जना प्रहरी (सहायक निरीक्षकसहित) रहेका छन्। यस्तै, आगलागी र करेन्ट लागेर १८ जनाले ज्यान गुमाएका छन्।

sahani furniture udyog

आन्दोलनमा एकजना भारतीय नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले कतिपय घाइतेको अवस्था गम्भीर भएकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.