लुम्बिनीमा ५ हजार दीप प्रज्वलनसहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो

0
Quantam abroad studies

बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबार (सेप्टेम्बर २१) विश्व शान्तिका लागि पाँच हजार दीप प्रज्वलन गर्दै अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ। युनिभर्सल पिस स्यान्चुरीको आयोजनामा वेवि बुद्ध क्षेत्रमा बौद्ध धर्मगुरु, भिक्षु–भिक्षुणी, स्थानीय समुदाय, विद्यार्थी तथा पर्यटकको सहभागितामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो।

विश्व शान्तिधाम निर्माणमा सक्रिय स्याल्पा तेन्जिङ रिन्पोछेले हालै नेपालमा देखिएको राजनीतिक आन्दोलन र त्यसबाट उत्पन्न अशान्ति अन्त्यको कामना गर्दै दीप प्रज्वलन गरिएको जानकारी दिए। कार्यक्रममा लुम्बिनी विश्व विद्यालयका विद्यार्थी, लुम्बिनी स्काउटका प्रतिनिधि र विभिन्न देशबाट आएका पर्यटकले पनि सहभागिता जनाएका थिए।

sahani furniture udyog

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा प्रत्येक वर्ष सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेपछि लुम्बिनीमा पनि यो दिवस निरन्तर रूपमा मनाउँदै आएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.