पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरमा तीव्र बनाउँदै पर्यटन बोर्ड

0
Quantam abroad studies

काठमाडौं– जेन–जी आन्दोलनपछि पर्यटनमा देखिएको निराशा मेट्न नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनलाई तीव्र बनाएको छ। बोर्डले असोज २–४ मा बङ्गलादेशको राजधानी ढाकामा भएको १२औँ एसियन पर्यटन मेलामा सहभागी भएर नेपाल सुरक्षित र स्वागतका लागि तयार रहेको सन्देश पुर्‍याएको छ।

सिइओ दीपकराज जोशीका अनुसार आन्दोलनले पर्यटनमा ठूलो क्षति नगरेको र बजार सामान्य अवस्थामा फर्किएको छ। बङ्गलादेशका लागि राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेश पर्यटन सहकार्य बलियो बनाउन दुवै देश सक्रिय रहेको बताए।

sahani furniture udyog

बोर्डका तथ्यांकअनुसार सन् २०२५ को पहिलो आठ महिनामा बङ्गलादेशी पर्यटक आगमन ३२ प्रतिशतले बढेको छ। भौगोलिक नजिकता र बढ्दो आर्थिक क्षमताका कारण नेपाल बङ्गलादेशी पर्यटकका लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा बोर्डले गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.