चुनावबाट भाग्ने माहौल बनाउँदै एमाले, युवासँग बढ्दाे दुरी

0
Quantam abroad studies

बाराको सिमरा बुधबार दिउँसो एकाएक तनावमय बन्यो। नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच सुरु भएको झडपले शहरका मुख्य क्षेत्रदेखि विमानस्थलसम्म सुरक्षा चुनौती बढायो। स्थानीयस्तरमा सुरु भएको भनिएको विवादले वायुसेवा अवरुद्ध हुँदा काठमाडौँबाट बारा जाँदै गरेका एमालेका शीर्ष नेताहरू उडानमै रोकिएका थिए।

जिल्ला प्रशासनले स्थिति नियन्त्रणमा लिन दिउँसो १२:३० देखि राति ८ बजे सम्म कर्फ्यु आदेश जारी गरेको छ, तर घटनाको राजनीतिक प्रभाव तत्काल शान्त हुने संकेत छैन।

एमाले महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत सहभागी हुने भनिएको युवा संघको कार्यक्रम परवानीपुरमा तय थियो। प्रमुख नेतृत्व त्यहाँ उपस्थित हुनुअघि नै सिमरामा स्थानीय युवा र एमाले कार्यकर्ता आमनेसामने पुगेपछि झडप चर्किएको बताइन्छ। जेनजी युवा सम्राट उपाध्यायमाथि हातपात भएको दाबी गर्दै प्रदर्शन तीव्र बन्दा सुरक्षाकर्मीले विमानस्थल क्षेत्रमा कडाइ गरेको हो।

ओली–जेनजी वैमनस्यतामा नयाँ अध्याय

अन्तरिम सरकारका विषयमा लगातार कठोर टिप्पणी गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनप्रति पनि अपमानजनक भाषा प्रयोग गर्दै आएको आरोप लाग्दै आएको छ। जेनजी विद्रोह भएको दिन बालुवाटारबाट ओलीलाई सुरक्षित निकासी गराएको भूमिकामा रहेको महेश बस्नेत हाल आन्दोलनकारी समूहलाई “आतङ्कवादी” संज्ञा दिँदै धमाधम चेतावनी दिएका छन्।

sahani furniture udyog

यस्तै चेतावनीबीच एमालेले ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्न लागेको छ। आलोचकहरूका नजरमा यो संरचना जेनजी शक्तिसँग प्रत्यक्ष भिडन्तका लागि तयार भइरहेको राजनीतिक दस्ता हो भन्ने आशंका प्रबल छ।

कार्यक्रम रोकिएपछि नेता बस्नेतले बारामा गरिएको कर्फ्युलाई “अनैतिक निर्णय” भन्दै टिप्पणी गरे। उनले “अवरोधले आफूहरू विचलित नहुने” र “संघर्षलाई जारी राख्ने” चेतावनी दिएका छन्, जसले तनाव अझै बढ्नसक्ने संकेत दिएको छ।

सिमरामा देखिएको भिडन्त आकस्मिकभन्दा पनि ठूलो राजनीतिक संघर्षको पूर्वरूपजस्तो देखिएको विश्लेषकहरूको भनाइ छ। एमाले र जेनजी युवाबीच विश्वासको दूरी बढ्दै जाँदा आक्रमण–प्रति आक्रमणको चक्र दोहोरिन सक्ने संकेत प्रष्ट देखिन थालेका छन्।

देशको राजनीतिक तापक्रम यस्तै बढ्दै जाने हो भने फागुन २१ मा प्रस्तावित निर्वाचन मध्यमात्र होइन, पूरै प्रक्रियामै असर पर्नसक्ने चिन्ता उब्जिएको छ। देश फेरि अस्थिरतामै होमिन सक्छ भन्ने डर स्थानीय घटनाबाटै परिपाक हुँदै अघि बढिरहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.