कपिलबस्तु कारागारबाट बैंकिङ कसुरका फरार कैदी पक्राउ

0
Quantam abroad studies

कपिलबस्तु कारागारबाट जेन्जी आन्दोलनको हलचललाई मौका बनाएर भागेका बैंकिङ कसुरका थुनुवा तुलबहादुर पुन अन्ततः लामो खोजी–अनुसन्धानपछि आफ्नै गाउँमा पक्राउ परेका छन्। कञ्चन गाउँपालिका–१ का ४४ वर्षीय पुन भदौ २३ र २४ का दिन भएको आन्दोलनको भीडतन्त्रकै बीच कारागार छाडेर फरार भएका थिए।

प्रहरीलाई पुन कारागार प्रशासनको नजिकै कतै लुकेर बसिरहेको विशेष जानकारी प्राप्त भएपछि परिचालन गरिएको टोलीले उनलाई स्थानीय क्षेत्रमा निगरानी गर्दै खोजतलास सुरू गर्‍यो। त्यही क्रममा पुन आफ्नै घर वरपर लुकीछिपी बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरीका अधिकारीहरूले बताए।

sahani furniture udyog

प्रहरीले तत्काल नियन्त्रणमा लिएर उनलाई थप कारबाहीका लागि पुनः भैरहवा, रुपन्देहीस्थित कारागार कार्यालयमा बुझाइसकेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.