अमेरिकाबाट डिपोर्ट गरिएका थप ३५ नेपाली काठमाडौं फर्किए

0
Quantam abroad studies

काठमाडौं । अमेरिकाबाट निष्कासित भएका थप ३५ नेपाली बुधबार चार्टर्ड विमानमार्फत् राजधानी काठमाडौं आइपुगेका छन्। अवैध रूपमा बस्दै आएका विदेशी नागरिकविरुद्ध अमेरिकी प्रशासनले कडाइ गर्दै आएको नीतिअनुसार उनीहरूलाई स्वदेश फिर्ता पठाइएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इमिग्रेशन नीतिपछि पछिल्ला वर्षमा ठूलो संख्यामा नेपाली अमेरिका निर्वासन भई स्वदेश फर्किएको सरकारी तथ्यांकले देखाउँछ। ताजा घटनासँगै नेपाल फर्काइएका नेपालीको संख्या थप बढेको छ।

sahani furniture udyog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि अध्यागमन विभागले ती सबैलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो। प्रारम्भिक सोधपुछपछि उनीहरूलाई सामान्य प्रकृया पूरा गरी छुटाइएको ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.