भारतद्वारा नेपाललाई १० वटा बेलीब्रिज प्रदान

0
Quantam abroad studies

भारतले नेपाललाई थप १० वटा बेलीब्रिज अनुदान स्वरूप प्रदान गरेको छ। प्राकृतिक विपद्का कारण क्षति पुगेका सडक सञ्जाल पुनः सञ्चालनमा सहयोग गर्ने उद्देश्यले उपलब्ध गराइएकोमध्ये ७० मिटर लंबाइ, ४.२५ मिटर चौडाइ र ३८ मेट्रिक टन भार वहन क्षमताको एक बेलीब्रिज हेटौंडामा आयोजित समारोहमार्फत भारतका राजदूत नवीन श्रीवास्तवले ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई हस्तान्तरण गरिएको हो। बाँकी नौ पुल एक साताभित्र नेपाल आइपुग्ने छन्।

sahani furniture udyog

मन्त्री घिसिङले विपद्का बेला भारतले गरेको सहयोगले पूर्वाधार पुनस्र्थापनामा मद्दत पुगेको बताउँदै धन्यवाद व्यक्त गरे। राजदूत श्रीवास्तवले नेपाललाई आवश्यक स्थानमा पुल जडानका लागि चाँडै प्राविधिक टोली पठाइने जानकारी दिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.