८ लाख ३७ हजार नयाँ मतदाता थपिए

0
Quantam abroad studies

प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणासँगै मतदाता नामावलीमा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता समावेश भएका छन्।

निर्वाचन आयोगले मतदाता दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यराति समाप्त भएसँगै आयोगले नयाँ तथ्यांक सार्वजनिक गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ३ लाख ४४ हजार ९ सय १४राष्ट्रिय परिचयपत्रमार्फत ४ लाख ९२ हजार १ सय ८० जनाले नाम दर्ता गराएका छन्। आयोगले राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रयोग गरेर अनलाइनबाटै दर्ता गर्न मिल्ने व्यवस्था गरेपछि दर्ता प्रक्रियामा अनलाइन आवेदनको संख्या उल्लेख्य रुपमा बढेको उनले बताए।

sahani furniture udyog

प्रधानमन्त्री सुशीला कार्कीले पनि सामाजिक सञ्जालमार्फत दर्ता अभियानमा उत्साहजनक सहभागिता देखिएको उल्लेख गर्दै नयाँ मतदाताको कूल संख्या समेटिएको जानकारी गराएकी छन्।

गत कात्तिक १६ सम्म १८ वर्ष पूरा गरेका मतदाताको संख्या १ करोड ८१ लाख ६८ हजार २३ रहेको आयोगले जनाएको थियो।

यसअघि नाम दर्ता अवधि कात्तिक ३० मा सकिने तय भए पनि दर्ताको बढ्दो चाप र सरोकार पक्षको आग्रहका आधारमा आयोगले मंसिर ५ गतेसम्म समय थपेको हो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.