लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु

0
Quantam abroad studies

दाङ — लुम्बिनी प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन आजदेखि सुरु हुँदैछ।
दिउँसो १ बजे बस्ने अधिवेशनको पहिलो बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकको सम्भावित कार्यसूची तयार पारिएको छ।

बैठकको प्रारम्भमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा महत्वपूर्ण पत्र सुनाउनेछन्। ती पत्रहरूमा—

  • सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना,
  • मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र, र
  • छैटौँ अधिवेशनबाट पारित तथा प्रमाणीकरण भएका विधेयकसम्बन्धी जानकारी समावेश छन्।

यससँगै सभामुखले प्रदेशसभा सदस्यहरूको उपस्थिति–अनुपस्थितिको विवरण पेस गर्ने कार्यक्रम राखिएको छ। त्यसपछि विभिन्न दलका तर्फबाट सदस्यहरूले शुभकामना मन्तव्य राख्नेछन्।

हिउँदे अधिवेशनका लागि छलफलमा ल्याइएका विधेयकहरू पनि सचिवालयमा दर्ता भइसकेका छन्। तीमध्ये—

sahani furniture udyog
  • जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन विधेयक,
  • स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ संशोधन विधेयक प्रमुख छन्।

यसबाहेक प्रदेश मन्त्रिपरिषद्ले थप तीन नयाँ विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ। ती विधेयकहरू—

  • लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक,
  • प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन विधेयक,
  • दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक रहेका छन्।

लुम्बिनी प्रदेशको छैटौँ अर्थात वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो। त्यसयता पहिलोपटक खुल्दै गरेको हिउँदे अधिवेशनले प्रदेशका महत्वपूर्ण कानुनी तथा नीतिगत विषयमा छलफल र निर्णयको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.