लुम्बिनी प्रदेश औपचारिक रूपमा साक्षर घोषणा

0
Quantam abroad studies

लुम्बिनी प्रदेशले साक्षरताको यात्रामा नयाँ अध्याय थपेको छ। प्रदेशभित्रका सबै १२ जिल्ला साक्षर घोषित भइसकेपछि लुम्बिनी प्रदेशलाई औपचारिक रूपमा साक्षर प्रदेश घोषणा गरिएको छ।

प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा साक्षर प्रदेशको घोषणा गरिएको हो। कार्यक्रममा प्रदेशका विभिन्न निकायका प्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला र स्थानीय तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रदेश सरकारका अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि प्रदेशले साक्षर प्रदेशको मापदण्ड पूरा गरेको हो। यस उपलब्धिलाई लुम्बिनी प्रदेशको सामाजिक विकास र शैक्षिक प्रगतिमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

sahani furniture udyog

प्रदेश सरकारका अधिकारीहरूले अब साक्षरताको दिगोपन, गुणस्तरीय शिक्षा र आजीवन सिकाइलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइने बताएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.