हिमाली क्षेत्रमा वर्षा–हिमपात, तराईमा बाक्लो हुस्सु

0
Quantam abroad studies

देशका विभिन्न भू–भागमा मौसमले फरक–फरक रूप देखाउन थालेको छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी अधिकांश स्थानमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

तराई क्षेत्रमा भने अवस्था फरक छ। आज पनि धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेका कारण जनजीवन प्रभावित बनेको छ। विशेषगरी बालबालिका र वृद्धवृद्धा चिसोका कारण बढी समस्यामा परेका छन्। पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा केही दिनयता घाम नलाग्दा चिसो थप बढेको स्थानीयहरू बताउँछन्।

चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय तथा सशस्त्र प्रहरी बलको सहकार्यमा बजार क्षेत्रका केही चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ। चिसो छल्न आगो ताप्ने सर्वसाधारणको भीड बढ्न थालेको छ।

sahani furniture udyog

हुस्सु र कुहिरोका कारण दैनिक ज्यालादारी मजदुरहरूलाई काम गर्न कठिनाइ भएको छ। यातायात र निर्माण क्षेत्रमा समेत यसको असर देखिन थालेको छ।

मौसमविद्हरूका अनुसार अझै केही दिनसम्म तराई क्षेत्रमा हुस्सु र कुहिरोको अवस्था कायमै रहने सम्भावना छ। यसैबीच चिसोका कारण आलु, तोरीलगायतका हिउँदे बालीमा डढुवा रोग देखिन थालेको किसानहरूले बताएका छन्, जसले कृषि उत्पादनमा असर पर्ने चिन्ता बढाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.