देशको हितलाई केन्द्रमा राखेर एक ठाउँमा उभियौँ : कुलमान घिसिङ

0
Quantam abroad studies

काठमाडौं । ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पद र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई केन्द्रमा राख्दै आफूहरू अघि बढिरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उज्यालो नेपालको एकीकरणपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मंगलबार पुस १५ गते सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको एकीकरणलाई ‘ऐतिहासिक सहमति’का रूपमा वर्णन गरेका छन् । उनले यो कदमले मुलुकलाई सही दिशातर्फ लैजाने दृढ विश्वास व्यक्त गरेका छन् ।

sahani furniture udyog

उनका अनुसार पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको आकांक्षा र देशको भविष्यलाई प्राथमिकतामा राख्दै दुवै शक्ति एउटै मार्गमा उभिएका हुन् । “उज्यालो भविष्यतर्फ अघि बढ्ने संकल्पसहित हामी एक ठाउँमा आएका छौँ,” उनले उल्लेख गरेका छन् ।

घिसिङले उज्यालो नेपाल अभियानलाई थप प्रभावकारी र सशक्त बनाउन सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा पनि व्यक्त गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.