राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता

0
Quantam abroad studies

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच औपचारिक रूपमा एकता भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा दुई दलका शीर्ष नेताहरूले ६ बुँदे एकता सम्झौतामा हस्ताक्षर गर्दै पार्टी एकीकरणको घोषणा गरेका हुन् ।

देशमा बलियो राष्ट्रवादी शक्तिको निर्माण गर्ने साझा उद्देश्यका साथ दुवै पार्टी एक ठाउँमा उभिने सहमति भएको सम्झौतापत्रमा उल्लेख छ । लामो समयदेखि छुट्टाछुट्टै राजनीतिक यात्रा तय गर्दै आएका राप्रपा र राप्रपा नेपालले अब एउटै झण्डामुनि संगठित भएर अघि बढ्ने निर्णय गरेका हुन् ।

sahani furniture udyog

एकतासँगै राष्ट्रिय राजनीति भित्र राष्ट्रवादी एजेन्डालाई सशक्त रूपमा उठाउने, संगठनलाई देशव्यापी रूपमा विस्तार गर्ने र जनताको चाहना अनुसार वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य लिइएको नेताहरूले बताएका छन् ।

एकीकरणपछि पार्टीको आगामी कार्यदिशा, संगठनात्मक संरचना तथा नेतृत्व व्यवस्थापनबारे थप निर्णय क्रमशः सार्वजनिक गरिने जनाइएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.