कतारद्वारा १३ नेपाली कैदीलाई आममाफी

0
Quantam abroad studies

काठमाडौं । कतार सरकारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा यस कदमप्रति कतार सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।

sahani furniture udyog

विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको क्षमादानलाई नेपाल–कतारबीचको मैत्रीपूर्ण, सौहार्दपूर्ण र सुदृढ हुँदै गएको द्विपक्षीय सम्बन्धको प्रत्यक्ष उदाहरणका रूपमा उच्च मूल्याङ्कन गरिएको उल्लेख छ ।

मन्त्रालयका अनुसार यस किसिमको निर्णयले दुवै देशबीचको आपसी समझदारी र मित्रतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.