कोइला बालेर सुत्दा निसास्सिएर शिशुको मृत्यु, तीन जना बेहोस

0
Quantam abroad studies

सुर्खेत । वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुत्दा निसास्सिएर ३८ दिनको एक शिशुको मृत्यु भएको छ भने एउटै परिवारका तीन जना बेहोस भएका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित डेरामा बस्दै आएकी तारा बुढाकी छोरी प्रतीक्षा बुढाको कोठामै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा करिब ३२ वर्षीया तारा बुढा, उनकी १३ वर्षीया भदैनी संगम बुढा र १० वर्षीय छोरा प्रकाश बुढा बेहोस भएका थिए ।

बिहानसम्म पनि परिवारका सदस्य नउठेपछि घरबेटीले बोलाउन जाँदा घटना सार्वजनिक भएको हो । बेहोस भएका सबैलाई तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

sahani furniture udyog

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृतक शिशुको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । चिसोबाट जोगिन झ्याल–ढोका बन्द गरी कोइला वा ब्रिकेट बालेर सुत्दा अक्सिजनको कमी भई ज्यान जाने जोखिम हुने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.