देश अदृश्य शक्तिको प्रभावमा चलिरहेको छ : दाहाल

0
Quantam abroad studies

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश प्रत्यक्ष देखिन नसक्ने शक्तिको प्रभावमा चलिरहेको दाबी गरेका छन्। संखुवासभाको खाँदबारीमा शुक्रबार आयोजित पार्टी एकता सन्देशसभामा उनले यस्तो धारणा राखेका हुन्।

दाहालका अनुसार लोकतन्त्र र जनअधिकार क्रमशः कमजोर बन्दै गएका छन्। “देश चलाउने शक्ति देखिँदैन, तर सबै कुरा उसैले नियन्त्रण गरिरहेको छ,” उनले भने।

नयाँ खुलेका दलका नेताहरूले शक्ति प्रदर्शन गर्न पुराना नेतामाथि दबाब र धाकधम्की दिएर एकीकरण घोषणा गरेको भन्दै उनले आपत्ति जनाए। अन्य दलहरू अझै नसच्चिएको अवस्थामा आफ्नो पार्टी भने आत्मसमीक्षा गर्दै अघि बढिरहेको दाबी पनि गरे।

sahani furniture udyog

“हामी जनतालाई धोका दिँदैनौं, युवासँगै अघि बढ्न तयार छौं र प्रतिस्पर्धाबाट डराउँदैनौं,” दाहालले स्पष्ट पारे।

राष्ट्र, जनता र लोकतन्त्र जोगाउन नयाँ राजनीतिक शक्ति निर्माण नहुँदासम्म संघर्ष जारी रहने उनको भनाइ थियो। साथै, नेपालले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिँदै उनले भने, “न झुक्ने, न उचालिने नीति नै देशहितमा हुन्छ।”

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.