गोली हानी हत्या भएको घटनामा एपीएफ हवल्दार पक्राउ

0
Quantam abroad studies

सुनसरीमा सफारी चालकको गोली हानी हत्या भएको घटनामा सशस्त्र प्रहरी बल (एपीएफ)का एक हवल्दार पक्राउ परेका छन्। घटनाको छानबिनका लागि समिति गठन भएसँगै हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

भारतीय बजारबाट सामान बोकेर नेपाल फर्किँदै गरेका ४५ वर्षीय विजय साहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको थियो। गोली लागेपछि साहको घटनास्थलमै मृत्यु भएको थियो।

sahani furniture udyog

सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार गोली चलाउने हवल्दारलाई बिहीबार नै नियन्त्रणमा लिइएको हो। घटनापछि लौकहीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत सम्पूर्ण कर्मचारीलाई फिर्ता बोलाइएको छ।

प्रहरीका अनुसार घटनाको कारण र जिम्मेवारीबारे विस्तृत अनुसन्धान जारी छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.