कृष्णनगरमा लाखौँका अवैध पार्टपुर्जा र इलेक्ट्रिक सामग्री नियन्त्रणमा

0
Quantam abroad studies

कपिलवस्तु । कृष्णनगर नगरपालिकामा प्रहरीले भारतबाट गैरकानुनी रूपमा भित्र्याइएका लाखौँ रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिएको छ । सीमावर्ती क्षेत्र हुँदै भइरहेको तस्करीविरुद्धको निगरानीका क्रममा प्रहरीले साढे पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको हो ।

शनिबार गरिएको कारबाहीमा कृष्णनगरका दुई फरक स्थानबाट सवारी साधनका पार्टपुर्जा र इलेक्ट्रिक सामग्री फेला परेका छन् । कृष्णनगर बसपार्क आसपासको क्षेत्रमा छोडिएको अवस्थामा करिब २ लाख ४० हजार ४२० रुपैयाँ बराबरका सवारी साधनका पार्टपुर्जा प्रहरीले बरामद गरेको थियो ।

sahani furniture udyog

त्यसैगरी कृष्णनगर चेकप्वाइन्टमा गरिएको चेकजाँचका क्रममा अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ३ लाख १५ हजार रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको छ । सो क्रममा इलेक्ट्रिक गाडीका दुई थान ब्याट्री र बेडमा प्रयोग हुने २० थान पांग्रा फेला परेका थिए । प्रहरी देखेपछि सामान ल्याइरहेका व्यक्ति भने फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बरामद गरिएका सबै सामग्री आवश्यक कानुनी प्रक्रिया अघि बढाउन कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ । सीमामा निगरानी कडा पारिएको र यस्ता अवैध गतिविधिविरुद्ध कारबाही निरन्तर जारी रहने प्रहरीले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.