कपिलवस्तु अस्पतालमा हेमोडायलासिस सेवा सुरु, मिर्गौला बिरामीलाई राहत

0
Quantam abroad studies

कपिलवस्तु अस्पतालमा पहिलोपटक हेमोडायलासिस सेवा सञ्चालनमा आएको छ । मिर्गौला रोगबाट पीडित बिरामीलाई अब उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षासहित सेवा शुभारम्भ गरिएको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु ले रिबन काटेर सेवाको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मन्त्री सारुले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको बताउँदै ग्रामीण क्षेत्रमै विशेषज्ञ सेवा विस्तार गरिने बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेका अनुसार हाल पाँचवटा डायलासिस मेसिन जडान गरिएको छ भने सुरुवाती चरणमै दुई जना बिरामीले नियमित सेवा लिन थालेका छन् । उनले छिट्टै सेवा पूर्ण रूपमा निःशुल्क बनाउने तयारी भइरहेको जानकारी दिए । हालसम्म २८ जना मिर्गौला रोगी बिरामी अस्पतालको सम्पर्कमा आइसकेका छन् ।

sahani furniture udyog

डायलासिस सेवा सञ्चालनसँगै कपिलवस्तु, अर्घाखाँची, प्युठान तथा आसपासका जिल्लाका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ । यसअघि डायलासिसका लागि बिरामीहरू भैरहवा, बुटवल वा काठमाडौंसम्म पुग्न बाध्य थिए । आर्थिक अभाव र लामो यात्रा धेरै बिरामीका लागि चुनौती बन्दै आएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, सुधार पाण्डे तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम ले अस्पतालले सेवा प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए ।

अस्पताल विकास समितिका अध्यक्ष श्याम प्रजापति ले विगत केही वर्षयता अस्पतालमा स्वास्थ्य सेवाको गुणस्तर सुधार हुँदै गएको दाबी गरे । उनले जनशक्ति, उपकरण र पूर्वाधार विस्तारसँगै कपिलवस्तु अस्पताललाई क्षेत्रीय स्तरको भरोसायोग्य स्वास्थ्य संस्था बनाउने लक्ष्य रहेको बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.