धार्मिक क्षेत्रको ३०० मिटरसम्म मासु र मदिरा बेच्न रोक

0
Quantam abroad studies

बुढानीलकण्ठ नगरपालिकाले धार्मिक क्षेत्रको मर्यादा कायम राख्न कडा कदम चालेको छ । नगरभित्र रहेका मठमन्दिर तथा धार्मिक स्थल वरपरको तीन सय मिटर क्षेत्रमा मदिरा र मासुजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको हो ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्रभित्र सञ्चालनमा रहेका मदिरा तथा मासु बिक्री केन्द्रलाई सात दिनभित्र हटाउन निर्देशन दिएको छ । तोकिएको समयभित्र अटेर गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाद्वारा जारी सूचनामा धार्मिक स्थलको पवित्रता, स्थानीय संस्कृति तथा प्रचलित कानुनी व्यवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।

sahani furniture udyog

सूचनाअनुसार मदिरा ऐन २०३१, सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र स्थानीय धार्मिक संस्कृतिलाई आधार मानेर धार्मिक क्षेत्र आसपासमा मदिरा तथा मासुजन्य वस्तुको कारोबार नगर्न आग्रह गरिएको हो ।

नगरपालिकाको यो निर्णयपछि धार्मिक क्षेत्र आसपास सञ्चालन भइरहेका व्यवसायीहरू प्रभावित हुने देखिएको छ भने स्थानीयस्तरमा यसको पक्ष–विपक्षमा चर्चा सुरु भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.