लुम्बिनीका तराई भू–भागमा गर्मी अझै बढ्दो क्रममा,तापक्रम ४० डिग्री सेल्सियस माथि

0
Quantam abroad studies

काठमाण्डौ उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा गएरातिदेखि नै मौसम बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम बाहेकका अधिकांश क्षेत्रमा आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने सम्भावना रहेको छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । साथै मधेशसहित तराईका केही क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

sahani furniture udyog

यता पश्चिम तराईमा भने अत्यधिक गर्मी बढेको छ । दिपायल, धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन प्रभावित बनेको छ । पूर्वी क्षेत्रमा लगातार वर्षा भइरहँदा सुदूरपश्चिम, लुम्बिनीमा तराई भू–भागमा गर्मी अझै बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन् ।

महाशाखाका अनुसार आगामी केही दिन पश्चिम नेपालमा गर्मी अझै बढ्न सक्नेछ भने पूर्वी तथा मध्य क्षेत्रमा वर्षाको गतिविधि जारी रहने सम्भावना रहेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.