अत्याधिक गर्मीले पश्चिम तराई प्रभावित

0
Quantam abroad studies

पश्चिम तराईमा अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बन्न थालेको छ।सर्वसाधारणको जनजीवन प्रभावित बन्दै गएको छ भने अस्पतालहरूमा गर्मीजन्य समस्या लिएर उपचारका लागि आउने बिरामीको संख्या बढ्न थालेको छ।

चर्को घाम र तातो हावाले सडक, बजार र श्रम क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ।

सोमबार पश्चिम तराईका विभिन्न जिल्लामा उच्च तापक्रम मापन गरिएको छ।

ताैलिहवा, कोहलपुर, नेपालगन्ज, धनगढी र भैरहवासहितका क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेपछि सर्वसाधारणदेखि श्रमिक वर्गसम्म समस्यामा परेका छन्। अस्पतालहरूमा डिहाइड्रेसन, रिङ्गटा लाग्ने, कमजोरी र झाडापखालाका बिरामी बढ्न थालेका छन्।

sahani furniture udyog

चर्को गर्मीका कारण बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले हिरासतमा रहेका बन्दीका लागि पहिलोपटक एसी जडान गरेको छ। चिकित्सकहरूले दिउँसोको घाममा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र बालबालिका तथा वृद्धवृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्। मौसमविद्ले मंगलबार पनि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको बताएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.