आजको मौसम: तीन प्रदेशको तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने

0
Quantam abroad studies

काठमाडौँ, असोज १७

देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
 
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी, मधेश र बागमती प्रदेशको तराई भू-भागका केही स्थानमा हुस्सु लागेको छ।
 
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा पनि आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

sahani furniture udyog


राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भाग एवं देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा बिहानपख हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन। तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिनुहुन महाशाखाले अनुरोध गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.