दाउन्नेमा ब्रेक फेल भई बस पल्टिँदा ४ जनाको मृत्यु, ११ घाइते

0
Quantam abroad studies

नवलपरासी, असोज १७

महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा ब्रेक फेल भई बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

sahani furniture udyog


प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बस शनिबार बिहान पौने ४ बजे ब्रेक फेल भई सडक किनारको नालामा पल्टिएको हो। दुर्घटनामा १ महिला र ३ पुरुषको मृत्यु भएको छ। मृतकहरूको सनाखत हुन बाँकी छ। दुर्घटनामा घाइते भएका ११ जनाको उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यबिन्दु अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.