११ लाख लिएर ४६ दिनमा आफन्तले बुझे सीता भण्डारीकाे शव

0
Quantam abroad studies

लक्ष्मण पौडेल , बुटवल, ३ कात्तिक
रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेको छ । माइती पक्षलाई ११ लाख रुपैयाँ दिने सहमति भएपछि शव उठेको हो ।

आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृतकका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।

sahani furniture udyog

उनीहरुलाई कारागार चलान गरेको करिब दुई साता बित्दा पनि माइती पक्षले आर्थिक लेनदेनको विषयमा कुरा नमिल्दा शव उठाउन मानेका थिएनन् । तर दुई पक्षबीच भएको छलफलमा ११ लाख माइती पक्षलाई दिने गरी सहमति भएपछि शव उठाएर तिनाउको मगरघाटमा दाहसंस्कार गरिएको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.