आफ्नै कार्यकालमा राजधानीको केन्द्र राप्ती उपत्यकामा लिन्छौँ –मुख्यमन्त्री केसी

0
Quantam abroad studies

एसएमन्युज
मंसिर २२, दाङ

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीे ‘सोनाम’ ले कला र संगीतको क्षेत्रमा लुम्बिनी प्रदेशलाई समृद्ध बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनको लागि साँस्कृतिकर्मीहरुलाई आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो ।

दाङको घोराहीमा उत्सर्ग नेपाल पहल नेपालको संयुक्त आयोजनामा भएको ‘उत्सर्ग संङ्गीत अवार्ड २०७८’ को अवसरमा बोल्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताउनु भएको हो ।

साँस्कृतिक हिसावले विविधताले भरिपूर्ण लुम्बिनी प्रदेश सबै समुदायको कला र सँस्कृतिक संरचनालाई अगाडि बढाउनको लागि प्रदेश सरकारले कला र साँस्कृतिको रक्षा विकास गर्नका लागि लुम्बिनी प्रदेशमा साँस्कृतिक प्रतिष्ठान बनाएर कार्य थालनी गर्न आफ्नै कार्यकालमा बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले पाल्पाको बतासे डाँडा, गुल्मीको धुरकोट, रोल्पाको होलेरी क्षेत्रमा बनाउने योजना रहेको वताउनुभयो ।
मुख्यमन्त्री केसीले आफ्नै कार्यकालमा प्रदेशको लुम्बिनी र केन्द्र राप्ती उपत्यकामा बनाएको बताउँदै त्यसका लागि राजधानीको संरचना अगाडि बढाउनमा आफु दृढ रहेको जानकारी गराउनु भयो ।

sahani furniture udyog


कार्यक्रममा सभामुख पूर्ण घर्तीमगरले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको आन्दोलनमा प्रगतिवादी गीत, संगीतको महत्वपूर्ण भूमिका रहेको बताउँदै त्यसलाई राज्यले सम्मान गर्नुपर्ने विचार राख्नु भयो । कला, संगीत र सृजनाहरु पनि वर्गिय हुने भएकोले परिवर्तनको एजेण्डालाई अगाडि बढाउनको लागि नै जनवादी एवं प्रगतिवादी कलाकार एवं साँस्कृतिक कर्मीहरुले सर्वहारा, हली र गोठालो र किसानको गीत तथा सृजना गर्दै जनतालाई गोलबन्द गरी अगाडि बढेको प्रगतिशील साँस्कृतिक कर्मीहरुले विगत र वर्तमान तथा भविस्यमा निरन्तर रुपमा भूमिका आवश्यक रहेको बताउनुभयो ।


सभामुख एवं साँस्कृतिककर्मी पूर्ण घर्तीमगरले प्रदेश सरकारले आगामी दिनमा प्रज्ञा प्रतिष्ठान निर्माण गरी प्रदेशका कला साहित्य सँस्कृतिको विकासका लागि आवश्यक पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।


यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका कानून समितिका सभापति दामा शर्माले कला र संगीतको क्षेत्रलाई राज्यले कानून तथा नीति निर्माण गरी अगाडि बढाउन सकिने बताउनुभयो । कला सँस्कृतिलाई संरक्षण र विकास गर्नका लागि आवश्यक रहेको बताउँदै त्यसलाई नेतृत्व प्रदान गरी अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो ।


उत्सर्ग संगीत अवार्ड २०७८ को अवसरमा लोक दोहोरी, आधुनिक गीत, मोडेलिङ लगायतको क्षेत्रमा प्रतियोगिता सम्पन्न गरी सर्वाेकृष्ट क्षेत्रका कलाकार, संगीतकार, मातृभाषाका विभिन्न क्षेत्रका जनवादी कलाकार एवं स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।
साँस्कृतिक आन्दोलनलाई सहयोग गर्नका लागि साँस्कृतिक क्षेत्रका समग्र सँस्थाहरुलाई सम्मान गरिएको उत्सवर्ग नेपालका एवं पहल नेपालका प्रमुख तथा कार्यक्रम संयोजक केएल पीडितले बताउनुभयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.